स्वास्थ्यमन्त्रीले गरे टेकु अस्पतालका निर्देशक डा. बास्तोलाको सरुवा


१३ मंसिर २०७८, सोमबार
DrAnup

काठमाडौं, १३ मंसिर । स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. अनुप बास्तोलालाई सरुवा गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रिस्तरीय निर्णय गरेर बास्तोलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेका हुन् ।

बास्तोलाको ठाउँमा डा. मनिषा रावललाई ल्याइएको छ । डा.बास्तोलाको सरुवाप्रति अस्पतालमा कार्यरत कर्मचारीहरुले समेत असन्तुष्टि जनाएका छन् । डा.बास्तोलाई केपी शर्मा ओली नेतृत्वको सरकारले गएको असारमा टेकु अस्पतालको निर्देशकमा नियुक्त गरेको थियो । बास्तोला अरुवा रोगको उपचार र नियन्त्रणमा अब्बल मानिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७