एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध निर्वाचित


१३ मंसिर २०७८, सोमबार
ishwor

चितवन, १३ मंसिर । नेकपा (एमाले) को चितवन सौराहामा जारी १० औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए । मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उम्मेदवारी नपरेको एमाले केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । एमाले अध्यक्ष, उपाध्यक्ष, सचिवमा भने चुनाव हुने भएको छ । ती पदका लागि आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७