एमालेमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध


१३ मंसिर २०७८, सोमबार
Binod Shresth

चितवन, १३ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध भएका छन् ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् ।

उनीहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली ओलीले आइतबार रातिको बन्द सत्रमा प्रस्ताव गरेका थिए । प्रस्तावमा कोही असन्तुष्ट भए निर्वाचनमा जान आग्रह गर्दै सोमबार बिहान मनोनयन दर्ताको समय दिइएको थियो । तर निर्धारित समय अवधिभित्र ट्रेड युनियनको कोटामा अन्यको उम्मेदवारी परेन ।

एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् । अध्यक्षसहित अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७