७६ जना थप्दा पनि प्रमुख सचेतक विशाल भट्टराई एमाले केन्द्रीय सदस्यमै परेनन्


१३ मंसिर २०७८, सोमबार
bishal bhattarai11632992849

चितवन, १३ मंसिर । नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई आउट भएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा समावेश गरेनन् । भट्टराई नवौं महाधिवेशनबाट ओलीकै प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर संघीय संसदमा पार्टीको तर्फबाट निर्णायक भूमिकामा रहेका भट्टराईलाई ओलीले नराखेका हुन् । ओलीका विश्वास पात्रमध्ये एक भट्टराई यो निर्णयबाट चकित छन् । उनले यसबारे मुख खोलेका भने छैनन् । तर निकटस्थसँग तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

ओलीको पक्षमा खुलेर लागेका उनले महाधिवेशनस्थलमा पनि अध्यक्षले जे घोषणा गर्छन् त्यही सबैले स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । भट्टराईले सचिवमै उठ्ने योजना बनाएका थिए । तर उनलाई केन्द्रीय सदस्यको सूचीमा राखिएन । तर ओलीले भट्टराईकै गृह जिल्ला खोटाङका खगेन्द्र राई र उषाकला राईलाई भने केन्द्रीय सदस्य बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७