नायिका रेश्मा वैवाहिक बन्धनमा


१३ मंसिर २०७८, सोमबार
Reshma

काठमाडौं, १३ मंसिर । अभिनेत्री तथा मोडल रेश्मा घिमिरे वैवाहिक बन्धनमा बाँधिएकी छिन् । सोमबार उनले प्रभात बाबुसँग विराटनगरमा विवाह गरेकी हुन् ।

अमेरिका निवासी प्रभातसँग रेश्माले गत वर्ष इन्गेजमेन्ट गरेकी थिइन् । त्यसको एक वर्षपछि उनीहरूले विवाह गरेका हुन् । अमेरिकामा चिकित्सा विज्ञान अध्ययनरत प्रभात र नायिका रेश्माबीच ३ वर्षअघि चिनजान भएको हो । त्यसपछि क्रमशः नजिक भएका उनीहरूले परिवारकै सल्लाहमा विवाह गरेको बताइएको छ ।

रेश्मा म्युजिक भिडिओ क्षेत्रमा सफल कलाकार मानिन्छिन् । टिकटकबाट चर्चामा आएकी उनले केही वर्ष अगाडि एक चलचित्रमा पनि अभिनय गरेकी थिइन् । तर उक्त चलचित्र असफल भएपछि रेश्मा केही समय अभियन क्षेत्रबाट विश्राम लिएकी थिइन् । तर टिकटकमा लोकप्रिय हुन थालेपछि उनी पुनः मनोरञ्जन क्षेत्रमा सक्रिय भएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७