राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त


१३ मंसिर २०७८, सोमबार
Tanka Lal Ghising1638185156

काठमाडौं, १३ मंसिर । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।

खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी वागमती प्रदेशको सचिवालय सदस्य हुन् । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सदस्य सचिवको निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री गहतराजले घिसिङसहित, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । सदस्य सचिव बन्न निवेदन दिएका १८ जनासँग अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुति सकेर समितिले एक महिलासहित तीन जनाको नाम तयार गरेको थियो । सरकारले कात्तिक १ गते तत्कालीन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७