बैंक अफ काठमाण्डूद्वारा पाँच लाख रुपैयाँ बीमा दाबी भुक्तानी


१३ मंसिर २०७८, सोमबार
1638173293045

काठमाडौं, १३ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आएका एक ग्राहकलाई पाँच लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।

बैंकले खाता वाल गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तता वापत बीमा दाबी रकम हस्तान्तरण गरेको हो। खत्री दुर्घटनामा परी पूर्ण रुपमा अशक्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरेको जनाएको छ।

बैंकको लुम्बिनी प्रदेशको नेपालगञ्ज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम खत्रीलाई हस्तान्तरण गरे।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७