देउवाको गृह जिल्ला डडेल्धुराको कांग्रेस अधिवेशन सदर

निर्वाचन समिति सदस्य केसीको फरक मत


१३ मंसिर २०७८, सोमबार
Dadeldhura Congress Bibad1638187259

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको विभिन्न तहको अधिवेशन सदर भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरामा सम्पन्न विभिन्न तहका अधिवेशनलाई मान्यता दिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको समितिको बैठकले सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भएको अधिवेशन बदर नहुने ठहर गरेको हो ।

बैठकले डडेल्धुरामा सम्पन्न वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई मान्यता दिने निर्णय गरेको समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए । वडादेखि जिल्लासम्मको अधिवेशन एकतर्फी रुपमा गरिएको भन्दै कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लको समूह आन्दोलनमा छ । मल्लको समूह वडा अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै विगत १३ दिनदेखि केन्द्रीय कार्यालयमा रिले अनशन गर्दै आएको छ ।

निर्वाचन समिति सदस्य केसीको फरक मत
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेसहित समितिका सदस्यहरू तेजबहादुर रावल, एगराज पोखरेल अधिवेशनको पक्षमा उभिएपछि बहुमत सदस्यले निर्णय गरेका छन् । तर, समिति सदस्य सीताराम केसीले भने फरक मत राखेका छन् । उनले निर्णयमा हस्ताक्षर गरेका छैनन् ।

केसीले फरक मत राख्दै अधिवेशनलाई मान्यता दिन नसकिने उल्लेख गरेका छन् । उनले गत भदौ २५ गते जिल्ला, पालिका र वडा कार्यसमितिको बैठकले निर्णय गरेर ३ अधिवेशन सार्न माग गरेको उल्लेख गरेका छन् । सोही माग बमोजिम केन्द्रीय निर्वाचन समितिले अर्को मिति तोक्न नसकेको र जिल्ला निर्वाचन अधिकृतले पनि अर्को मिति तोक्न नसकेको फरक मतमा लेखेका छन् ।

साथै अधिवेशन नसारी सोही मितिमा वडा अधिवेशन सुरु गरी अन्य तहको पनि निर्वाचन सम्पन्न गर्नु पार्टीको विधान, नियमवाली र निर्वाचन निर्देशिकाविपरीत तीन तहको समितिसँग समन्वयन नगरी निर्वाचन गरेको मान्य नहुने उनको मत छ ।

kk

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७