न्याय माग्दै न्यायालय पुगेका मान्छे पुर्पुरोमा हात राखेर फर्किए : प्रम ओली


३० फाल्गुन २०७४, बुधबार
KP Sharma Oli
b’O{ bnsf ;f+;bsf] k|lzIf0f k|wfgdGqL s]kL zdf{ cf]nL zlgaf/ afg]Zj/l:yt ;+;b ejgdf g]skf-Pdfn]_ / g]skf-dfcf]jfbL s]Gb|_af6 lgjf{lrt ;+3Lo ;f+;bsf] k|lzIf0f sfo{qmddf ;Daf]wg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानान्यायाधीस गोपाल पराजुलीको जन्म मिति विषयमा भएको विवाद बारे बोलेका छन् ।

KP Sharma Oli
फाइल तस्बिर

बुधवार प्रधानमन्त्री कार्यालय बालुवाटारमा आयोजना भएको कार्यक्रममा बोल्दे नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले सर्वोच्चमा देखिएको विवादले न्यायका लागि गएका मान्छे अन्यायमा परेको बताएका छन् । उनले भने, ‘अब के बोल्नु, के नबोल्नु ? बोलेर के हुने, नबोलेर के हुने ? बेञ्च बसेको छैन । न्याय पाउँ भनेर गएका मान्छे तमासा हेरेर पुर्पुरोमा हात लगाएर फर्किराखेका छन् ।’

प्रम ओलीले सर्वोच्च अदालको हालत खराब भएको बताएका छन् । कसैले न्यायालयको बारेमा प्रधानमन्त्रीले नबोलिदिए हुन्थ्यो भन्ने लागेको पनि बताए । उनले भने, ‘सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको रोलक्रममा भएकाहरुको अवस्था । यो विषयमा प्रधानमन्त्री एउटा नबालेर के हुन्छ र ? त्यहाँ न्यायालय भकभक उम्लिराख्या छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७