एमालेको खुल्ला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै परशुराम मेघी गुरुङ


१३ मंसिर २०७८, सोमबार
Paru Meghi Gurung

काठमाडौं, १३ मंसिर : नेकपा (एमाले)का नेता तथा राष्ट्रियसभाको सांसद परशुराम मेघी गुरुङ जारी दसौं महाधिवेशनमा खुल्ला तर्फको केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा छन् ।

अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तावित ३०१ सदस्यीय केन्द्रय कमिटीमा पनि नाम समावेश छ । नवौं महाधिवेशनमा सचिवमा झिनो मतले पराजित गुरुङ राष्ट्रियसभाको विधायन समितिको सभापति समेत छन् ।

इमानदार र निष्ठावान् नेताका रुपमा स्थापित गुरुङले पछिल्लो समयमा राष्ट्रियसभामा भ्रष्टचार बिरुद्धमा श्रृखलाबद्ध रुपमा आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७