ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?


१४ मंसिर २०७८, मंगलवार
bhim rawal oli

चितवन, १४ मंसिर । भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन् । तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे । रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’ को बन्न सकेन । अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो ।

आखिर रावलले केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिने र चुनावमै भिड्ने अडान किन राखे त ? भन्ने जिज्ञासा पैदा भएका छन् । विगतमा माधव नेपाल निकट रावल ओली पार्टी अध्यक्ष भएपछि उनीसँग पनि निकट बने । त्यतिबेला नेपाल पक्षले बोलाएका गुटगत छलफल, बैठक र रणनीतिमा पनि रावल सहभागी हुँदैनथे ।

गुटको भेलामा किन नआएको भनेर प्रश्न गर्ने नेपाल पक्षलाई रावलको जवाफ हुन्थ्यो, ‘महाधिवेशनमा गुट हुन्छन् । त्यसपछि जो नेतृत्वमा आउँछ, उसलाई सघाउनु पर्छ ।’ मन जितेकै कारण ओली पहिलो पटक प्रधानमन्त्री हुँदा रावल उपप्रधान तथा रक्षामन्त्री बने ।

२०७५ जेठ ३ मा माओवादीसँगको पार्टी एकतापछि भने रावल र ओलीबीच सम्बन्ध राम्रो बनेन । ९ औं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर उपाध्यक्ष जितेका रावलले त्यतिबेलाको पार्टीको शक्तिशाली एवं कार्यकारी बोर्ड (सचिवालय) मा नपरेपछि असन्तुष्टि जनाए । कुनै बेला ओलीसँग यति धेरै तिक्तता बढेको थियो कि, पार्टीमा ‘ओली र रावल’ को भेट नै हुँदैन होला भन्नेसम्मका अनुमान हुन्थे । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७