निर्वाचन परिणाम स्वीकार्छु तर, केन्द्रीय सदस्यमा बस्दिनँ : भीम रावल


१४ मंसिर २०७८, मंगलवार
uml election 2 30112021015703 1000x0 1

चितवन, १४ मंसिर । नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने बताएका छन् ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताए ।

यस्तै उनले सदस्यता वितरण नवीकरण र प्रतिनिधि छनोटमा गलत काम भइरहेको पनि टिप्पणी गरेका छन् । उनले निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर, एमालेको केन्द्रीय सदस्यमा भने नबस्ने पनि प्रष्ट पारेका छन् । ‘निर्वाचन परिणाम जे आए पनि स्वीकार्छु, तर केन्द्रीय समितिमा बस्दिनँ,’ रावलले भने, ‘केन्द्रीय सदस्यमा मेरो दाबी नै छैन । कसले मेरो नाम राखिदिएछ थाहा भएन ।’

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा रावल र अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा छ । अहिले अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुँदैछ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७