एमालेको चुनाव सकियो : दुई हजार ८१ जनाले गरे मतदान, दिउँसो २ बजेभित्र परिणाम


१४ मंसिर २०७८, मंगलवार
chitwan voting 1

चितवन, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी मतदान सकिएको छ । एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज (मंगलबार) बिहानै ४ बजे शुरु भएको विद्युतीय मतदान केही बेरअघि सकिएको हो ।

एमाले दशौं महाधिवेशनको केन्द्रीय निर्वाचन आयोगका अनुसार कूल २ हजार ८१ मत खसेको छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाले भने, ‘परिणाम घोषणालाई धेरै समय लाग्दैन । डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं । सबै बुथको मत जोड्छौं । अनि परिणाम घोषणा गर्छाैं । अधिकतम लागे (दिउँसो) २ बजेसम्म घोषणा भइसक्छ ।’

चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए । चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७