थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो


१४ मंसिर २०७८, मंगलवार
nepal airlines korona

काठमाडौं, १४ मंसिर । नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा सात लाख २५ हजार खोप सोमबार काठमाडौं आइपुगेको हो ।

बाँकी खोप यही साता दुई चरणमा नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागव्यवस्थापन महाशाखाले जानकारी दिइको छ । सोमबारसम्म नेपालमा ८३ लाख ८२ हजार ९९४ जनाले दुवै डोज र ९७ लाख २२ हजार ९६१ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्ग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७