एमाले महाधिवेशन : मत गणना शुरु, साढे २ घण्टाभित्रै परिणाम

नव निर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामै


१४ मंसिर २०७८, मंगलवार
261750471 577316973331675 2308091842040958412 n

चितवन, १४ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना शुरु भएको छ । विद्युतीय मेशिनबाट तथ्याङ्क सङ्कलन सुरु भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । विद्युतीय मेशिनका प्राविधिकहरूले अब साढे दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका उनले बताए । महाधिवेशनमा २,१५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।

चितवनको सौराहामा भइरहेको महाधिवेशनको बन्द सत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि चुनाव भएको हो । पार्टीको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् । ६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

नव निर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामै
नेकपा एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ । एमाले नेता विष्णु रिजालका अनुसार दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामै हुने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७