एमाले अध्यक्षको हालसम्मकाे मत परिणाम : केपी ओली १,२००, रावललाई ८२ मत


१४ मंसिर २०७८, मंगलवार
262468479 4276874702424404 1450943974974052617 n 1

चितवन, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आइरहेको छ । शुरुवाती नतिजामा अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो अन्तरले पछि पारेका छन् ।

ताजा परिणाम अनुसार ओलीले १,२०० मत ल्याउँदा रावलको पक्षमा ८२ मत मात्रै खसेको छ । निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन् । अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ ।
निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना शुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन् । एमालेमा २,१५३ जना प्रतिनिधि सहभागी थिए । जसमा दुई हजार ९६ मत खसेको छ ।

विद्युतीय मेशिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने सुब्बाले बताए । अध्यक्षमा केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ । एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भएको थियो ।

निर्वाचन आयोगका अध्यक्ष सुब्बाका अनुसार महाधिवेशनमा २,१५३ मतदाता थिए । एमाले अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका लागि मतदान भएको हो । ६ उपाध्यक्षका लागि सात जनाबीच प्रतिस्पर्धा छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । त्यस्तै ओलीको सूचीमा नरहेका घनश्याम भुसाल पनि प्रतिस्पर्धामा रहेका छन् ।

सात सचिवमा नौ जनाबीच प्रतिस्पर्धा छ । टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालबीच प्रतिस्पर्धा छ । उनीहरू सबै अध्यक्ष ओलीको सूचीका हुन् । त्यस्तै सूचीमा नरहेका भीम आचार्य र टंक कार्कीले पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७