अष्ट्रेलियाको संसद्मा यौन हिंसा व्याप्त, मन्त्रालयभित्रै कर्मचारी बलात्कृत


१४ मंसिर २०७८, मंगलवार
Australia 20211130085431

काठमाडौं, १४ मंसिर । अष्ट्रेलियाको संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त बनेको देखाएको हो ।

‘सेट दी स्ट्याण्डर्ड’ शीर्षकमा मंगलबार छापिएको करिब ४५६ लामो रिपोर्टले संसदका एक तिहाई महिला यौनजन्य हिंसामा पर्ने गरेको देखाएको हो । संसदभित्रका करिब ६३ प्रतिशत महिला कर्मचारीले बुलिङ, यौनजन्य हिंसा र यौन दुराचारको हिंसा खेप्नु परेको रिपोर्टमा उल्लेख छ । तुलनात्मकरुपमा संसदभित्र हुने महिला कर्मचारीको संख्याभन्दा बढि हिंसा भएको रिपोर्टले जनाएको छ ।

संसदकी पूर्व कर्मचारी ब्रिट्नि हिगिन्सले यस वर्षको सुरुवातमा आफू मन्त्रालयकै सहकर्मीबाट बलात्कृत भएको बताएपछि सो अध्ययन प्रतिवेदन अघि बढेको थियो । उनले दिएको उजुरीपछि संसदभित्रै यौनजन्य हिंसा भएको सम्बन्धमा अन्य कर्मचारीहरुले दिएको आरोप व्यापक बनेको थियो ।

सो हिंसामा परेका पीडित महिलाको अवस्था असामान्य रहेको अष्टेलियाकी यौन दुराचार आयुक्त केट जेन्किन्सले बताएकी छन् । ‘संसदभित्रै भोग्नुपरेको त्यस्तो खाले हिंसाले उनीहरुको टिम र आन्तरिक रुपमा दरार पैदा गरेको छ । ‘सो हिंसा हाम्रो राष्ट्रको हितविपरित छ,’ केटले भनेकी छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ रिपोर्टले निकै भयानक तथ्य सार्वजनिक गरेको बताएका छन् । यसअघि संसदका महिलामाथि असमान असर पर्ने काम गरेको भन्दै प्रधानमन्त्री मोरिसनमाथि ‘लठेग्रो र बहिरो’ को आरोप लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७