एमाले उपाध्यक्षमा घनश्याम पराजित, ओलीको सूचीका सबै विजयी


१४ मंसिर २०७८, मंगलवार
Untitled 71638267528

चितवन, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मत ल्याएका । यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् । उनले उपाध्यक्षमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएकी हुन् ।

यस्तै सुरेन्द्र पाण्डेले १,९३५ मत, रामबहादुर थापा बादलले १,७६८, विष्णु पौडेलले १,८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन् । निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा केहीबेरमा गर्नेछ ।

उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्द सत्रमा पेश गरेका नामहरू हुन् । यसैगरी अध्यक्षमा केपी ओली विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्षमा यसअघि नै ईश्वर पोखरेल सर्वसम्मत भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७