एमाले पदाधिकारी : पाँच जना निर्विरोध, चुनाव लडेका १४ जनाले कति-कति ल्याए भोट ?


१४ मंसिर २०७८, मंगलवार
kp gang 1638270182

चितवन, १४ मंसिर । एमालेको १० औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १,८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरेका छन् । उनीहरु दुवै जनालाई ३३ जनाले ‘नो भोट’ गरेका छन् । योसँगै ओलीले आगामी ५ वर्षका लागि एमालेको बागडोर सम्हाल्ने छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १,९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १,९२५, सुवास नेम्बाङले १,८६५, विष्णु पौडेलले १,८५६, युवराज ज्ञवालीले १,८४२ र रामबहादुर थापा ‘बादल’ ले १,७६८ मत प्राप्त गरे । उपाध्यक्षमा पराजति घनश्याम भुसालले ७२५ मत पाएका छन् । भुसाल ओलीको सूची बाहिरबाट उपाध्यक्षमा भिडेका थिए ।

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १,९७६ मत प्राप्त गरे । योगेश भट्टराईले १,९६४, छविलाल विश्वकर्मा र पद्मा अर्यालले १,८००, लेखराज भट्टले १,७०४, टोपबहादुर रायमाझीले १,७०० र रघुवीर महासेठले १,५१३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भए । सचिवमा पराजित भीम आचार्यले १,३०० सय र टंक कार्कीले ५०० सय मत प्राप्त गरेका छन् । टंक कार्की ओलीको सूची बाहिरका उम्मेद्वार हुन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७