श्रीमानको हत्या गरी फरार महिला सात वर्षपछि काठमाडौंबाट पक्राउ


१४ मंसिर २०७८, मंगलवार
Dil Kumari Sen Qe9wmlzOhQ

काठमाडौं, १४ मंसिर । आफ्नै श्रीमानको हत्या गरी फरार एक महिला ७ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० बस्ने वर्ष ५० की दिलकुमारी सेन रहेकी छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले दिलकुमारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । २०७१ साल चैत ९ गते धोविखोलास्थित सिम्रिक पुलमुनी उनका श्रीमान द्रोणबहादुर सेनको शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले उनकै श्रीमती दिलकुमारी र रामेछापको गोकुलगंगा–४ काफ्लेटोलका भीमे सार्कीले टाउकोमा इँटा प्रहार गरी हत्या गरेको खुलेको थियो । सार्की हाल जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७