कामना सेवा विकास बैंकको शाखा अब सुस्ताको देवचुली र कावासोतीमा


१४ मंसिर २०७८, मंगलवार
km a7uaJoaByM

काठमाडौं, १४ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले पश्चिम क्षेत्रलाई लक्षित गर्दै एकैपटक दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डामा एकै दिन दुई शाखा कार्यालयहरु उद्घाटन गरेको हो ।

सेवाग्राही ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यी दुई स्थानमा अत्याधुनिक सुविधा सम्पन्न कार्यालय खोलेको बैंकले जनाएको छ । यसले बैंकिङ सेवामा अझ सहज र छरितोपन आउनेमा आफुहरु विश्वस्त रहेको बैंकले बताएको छ ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङका साथै एसएमएस बैंकिङ लगायत विविध डिजिटल माध्यमहरुबाट सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएम मार्फत सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७