२०७८ मंसिर १५ गते बुधबारको तपाईको राशिफल


१५ मंसिर २०७८, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिने समय छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्ने छ र सामान पनि हराउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ, साँझमा भने कार्य सम्पादनमा सहजता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकार्यको चर्चा चल्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७