बार्बेडोस बन्यो विश्वको कान्छो गणतान्त्रिक देश, बेलायती महारानी राष्ट्र प्रमुख नरहने


१५ मंसिर २०७८, बुधबार
barbados QcNz8kIYBO

काठमाडौं, १५ मंसिर । क्यारेबियन टापु बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बनेको छ । बेलायतकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्र प्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको हो ।

राजधानी ब्रिजटाउनमा भएको भव्य समारोहमा डेम स्यान्ड्रा मेसनले बार्बेडोसको राष्ट्रपतिका रुपमा शपथ लिएको बीबीसीले जनाएको छ । यो समारोह बार्बेडोस स्वतन्त्र बनेको ५५ औं वार्षिकीको अवसर पारेर गरिएको थियो । बार्बेडोसको नयाँ युगसँगै बेलायतको शताब्दीयौं पुरानो प्रभाव समाप्त हुनेछ ।

शक्ति हस्तान्तरणको प्रतिक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो । मुख्य अतिथि बेलायतका युवराज चाल्सले संवैधानिक परिवर्तनका बाबजुद पनि दुई देशबीच निरन्तर सम्बन्ध रहने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७