१२ नेपाली महिलालाई केन्यामा तस्करी गर्ने क्यानडेली व्यवसायीलाई ३० वर्ष जेल


१५ मंसिर २०७८, बुधबार

काठमाडौं, १५ मंसिर । क्यानडेली व्यवसायी असिफ अमिरअली अलिभाइ जेठालाई १२ नेपाली महिलाहरु केन्या तस्कर गरेको अभियोगमा पक्राउ गरि ३० वर्षको जेल सजाय सुनाइएको छ । तस्करीका साथै उनीमाथि यात्राका कागजातहरु दुरुपयोग गरेको र मानव तस्करीको प्रचार गरेको समेत आरोप रहेको छ । उनीसँग क्यानडा र ब्रिटेन दुई देशको पासपोर्ट थियो ।

शान्जु कानुन अदालतले उनलाई तीनवटै अभियोगका लागि ३० वर्षको कूल सजाय सुनाएको छ । यति मात्र नभएर जेठालाई एक देखि १० लाख सोमाली शिलिङको जरिवाना पनि लगाइएको छ । उनले वर्क परमिट बिना व्यवसाय सञ्चालन गर्ने गरेको र अवैध रुपमा विदेशीहरुलाई नियुक्त गर्ने गरेका थिए ।

अदालतका अनुसार जेठाले शोषण गर्ने उद्देश्यले नेपाली चेलीहरुलाई नजरबन्दमा राखेका थिए । अन्तर्राष्ट्रिय संगठित अपराधिक युनिटका अनुसन्धानकर्ताहरुले २०१९ मा मोम्बासास्थित उनको रंगीला ग्रिल एण्ड बारमा छापा मारेर सबै चेलीहरुको उद्धार गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७