बेलायती गुप्तचर प्रमुखले भने, ‘चीन, रुस र इरान सबैभन्दा ठूलो खतरा’


१५ मंसिर २०७८, बुधबार
Richard moore jBoEi77rs7 1

काठमाडौं, १५ मंसिर । बेलायती गुप्तचर एजेन्सी एमआई ६ का प्रमुख रिचर्ड मूरले अहिले चीन, रुस, इरान र आतंकवाद सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । अहिले बेलायती गुप्तचर एजेन्सीले पनि यी चार खतराको सामना गरिरहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मूरले रुस, चीन र इरान लामो समयदेखि गुप्तचर समुदायको लागि प्रमुख प्राथमिकताको रुपमा रहँदै आएको उल्लेअ गरेका छन् । चौथो ठूलो प्राथमिकता आतंकवाद भएको उनको भनाइ छ ।

मूरले चीन ठूलो गुप्तचर अभियान चलाउन सक्षम रहेको उल्लेख गरेका छन् । उनले भने, ‘चीनको गुप्तचर सेवा निकै सक्षम छ र लगातार बेलायत र हाम्रो सहयोगीविरुद्ध व्यापकमात्रामा जासुसीको अभियान चलाइरहेको छ । यो अभियान चीनको स्वार्थ रहेको सरकार तथा उद्योगमा काम गर्ने तथा यस्ता विषयमा शोध गर्ने मानिसविरुद्ध चलाइने गरेको छ ।’

मूरले चीनले मुलुकबाहिर रहेका आफ्ना नागरिकमाथि पनि निगरानी गर्ने गरेको र उनीहरुमाथि अतिरिक्त दबाब बढाउने प्रयास गर्दै आएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७