‘तालिबानद्वारा अफगानिस्तानका दर्जनौं पूर्व सैनिकको हत्या’


१५ मंसिर २०७८, बुधबार
taliban IopGY45KPL

काठमाडौं, १५ मंसिर । तालिबानले अफगानिस्तानका दर्जनौं पूर्व सैनिकको हत्या गरेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले बताएको छ । एचआरडब्ल्यूले सार्वजनिक गरेको रिपोर्टअनुसार तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पूर्व सरकारमा सैनिकको रुपमा रहेका १०० भन्दा धेरैलाई तालिबानले हत्या गरेको वा बेपत्ता पारेको छ ।

प्रतिवेदनका अनुसार तालिबानले कसैसँग प्रतिशोध नलिइने र सबैलाई आममाफी दिएको बताए पनि तालिबानका स्थानीय कमाण्डरहरुले पूर्व सैनिकहरुलाई निशाना बनाइरहेका छन् । एचआरडब्ल्यूले पूर्व सैनिकको हत्यामा तालिबानको सरकारले ‘बेवास्ता’ गरेको र यस्तो कार्य ‘नियोजित’ रहेको बताएको छ ।

हालै मात्र तालिबानका प्रवक्ताले प्रतिशोध साँध्ने किसिमले कसैको हत्या नभएको बताएका थिए । गत अगष्टमा अफगानिस्तानमा कब्जा जमाएपछि तालिबानले पूर्व सरकारका सबै कर्मचारीलाई आममाफी दिने घोषणा गरेको थियो ।

विश्लेषकहरुले भने तालिबानले आफ्नो सत्ता गुम्नसक्ने आशंकाको कारण पूर्व सरकारका सैनिकको हत्याको अभियान चलाइरहेको हुन सक्ने बताएका छन् । बीबीसीले उल्लेख गरेअनुसार तालिबानले यसअघिको सरकारका पूर्व सैनिकलाई उनीहरुको सुरक्षाको लागि भन्दै तालिबान प्रशासनमा आएर दर्ता गराउन भनेको थियो । तर, दर्ता गरेपछि उनीहरुको उक्त सूचनाको प्रयोग उनीहरुको हत्या वा बेपत्ता पार्नको लागि प्रयोग गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७