कांग्रेस अधिवेशन : ६२ जिल्लामा नयाँ नेतृत्व, कहाँ कुन पक्ष बलियो ?


१५ मंसिर २०७८, बुधबार
Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

काठमाडौं, १५ मंसिर । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश–१ का १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सकिएको छ । प्रदेश–२ मा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

यस्तै बागमती प्रदेशमा चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्ला अधिवेशन सम्पन्न भएको छैन । चितवनमा आज जिल्ला अधिवेशन गर्ने तालिका भएपनि निर्वाचन अधिकृतले राजीनामा दिएपछि अन्योलता सिर्जना भएको छ । मकवानपुर र सिन्धुपाल्चोकमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने नेपाली कांग्रेसले जनाएको छ ।

गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । नवलपरासी पूर्व र बाँकेमा पनि महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । कैलाली र अछाममा महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने तयारी छ । जिल्ला अधिवेशन सम्पन्न नभएका १५ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइरहेको अवस्था छ ।

प्रदेश–२ मा आज पनि महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ । भोलिबाट प्रदेश अधिवेशन शुरु हुने भएकाले १५ जिल्लाको अधिवेशन महाधिवेशन पछि हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ । यता ६२ जिल्ला सभापति चयन हुँदा प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति शेरबहादुर देउवा पक्षको वर्चश्व देखिएको छ । लुम्बिनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थिति बलियो छ । पौडेल पक्षको आधार क्षेत्र मानिएको प्रदेश–१ र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिमा देउवा पक्षले जबरजस्त उपस्थिति जनाएको छ ।

कोइराला परिवारको गण मानिएको प्रदेश एक र पौडेलको गृह प्रदेश गण्डकीमा देउवा पक्ष हाबी भएको छ । प्रदेश एक र गण्डकीमा नेता कृष्णप्रसाद सिटौला पक्षले पनि जिल्ला नेतृत्व हात पारेको छ । समग्रमा देउवा पक्षले ३३, पौडेल पक्षले २६ र सिटौला पक्षले २ जिल्ला सभापति जितेको छ ।
प्रदेश–२ का १३ औं महाधिवेशनमा देउवा पक्षले क्विलन स्विप पारेको थियो । यसपटक देउवा पक्षमा उपसभापति विमलेन्द्र निधिले विद्रोह गर्ने परिस्थिति देखिएकाले प्रदेश २ मा देउवा पक्षले केही चुनौती छ ।
देउवा पक्ष – प्रदेश-१

१. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

२. रूपनारायण जबेगु – पाँचथर

३. तेजेन्द्र खनाल– ओखलढुङ्गा

४. डम्बर खड्का – इलाम

५. हिमाल कार्की – उदयपुर

६. दिनेश राई – धनकुटा

७. नाम्गेल जाङ्बु शेर्पा – सोलुखुम्बु

पौडेल पक्ष – प्रदेश-१

१ . दीपक खड्का– सङ्खुवासभा

२ .अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

३. विष्णु राई – खोटाङ

४. विनोद बान्तवा – भोजपुर

५. डिगबहादुर लिम्बू – मोरङ

६. केदार भण्डारी – सुनसरी

सिटौला पक्ष – प्रदेश-१

१. देउकुमार थेबे – झापा

देउवा पक्ष– बागमती प्रदेश

१. कान्छाराम तामाङ – रामेछाप

२. तीर्थ लामा – काभ्रेपलान्चोक

३. दुर्लभ थापा – भक्तपुर

४. जितेन्द्र श्रेष्ठ – ललितपुर

५. पेम्बाछिरिङ तामाङ – रसुवा

पौडेल पक्ष – बागमती प्रदेश

१. रमेश महत – नुवाकोट

२. बर्मा लामा – दोलखा

३ . कृष्ण बानियाँ ९सबुज० – काठमाडौं

४. रामनाथ अधिकारी – धादिङ

देउवा पक्ष – गण्डकी प्रदेश

१. किशोरदत्त बराल – कास्की

२. शङ्कर गुरुङ – मनाङ

३. खमवी गर्बुजा – म्याग्दी

४. डा. टकराज गुरुङ – लमजुङ

५. युवराज जोशी – पर्वत

६ .जीतप्रकाश आले – तनहुँ

पौडेल – गण्डकी प्रदेश

१. नन्दप्रसाद न्यौपाने – गोरखा

२. राजु थापा – स्याङ्जा

३. रोमी गौचन थकाली – मुस्ताङ

सिटौला – गण्डकी प्रदेश

१. जित शेरचन – बाग्लुङ

देउवा पक्ष – लुम्बिनी प्रदेश

१. रामकृष्ण खाँण – रुपन्देही

२. केशरमान रोका – रुकुमपूर्व

३. रुण प्रकाश सिंह राठौर – बर्दिया

पौडेल पक्ष – लुम्बिनी प्रदेश

१. हिमालदत्त श्रेष्ठ –पाल्पा

२. किशोर आचार्य – रोल्पा

३. विष्णुकुमार गिरी – प्यूठान

४. केशव श्रेष्ठ – अर्घाखाँची

५. शङ्कर डाँगी – दाङ

६. अब्दुलकलाम – कपिलबस्तु

७. खिलध्वजपन्थी – गुल्मी

८. अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम

देउवा पक्ष – कर्णाली प्रदेश

१. मोहनविक्रम सिंह – हुम्ला

२. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

३. वेदराज सिंह – जाजरकोट

४. ऐनबहादुर शाही – मुगु

४. केशबहादुर विष्ट – सल्यान

६. खड्क पोखरेल – सुर्खेत

७. दीपेन्द्रबहादुर शाही – डोल्पा

८. कर्णबहादुर शाही – जुम्ला

पौडेल पक्ष – कर्णाली प्रदेश

१.अम्मबहादुर शाही – कालिकोट

२. मणिराम रेग्मी – दैलेख

देउवा पक्ष – सुदूरपश्चिम प्रदेश

१. भीमबहादुर साउद – डडेलधुरा

२. खड्क बोहरा – बझाङ

३. नरेन्द्रबहादुर सिंह – डोटी

४. पदम बोगटी, कञ्चनपुर

पौडेल पक्ष– सुदूरपश्चिम प्रदेश

१. रामसिंह रावल – बाजुरा

२.चतुरबहादुर चन्द – बैतडी

३. ललितसिंह बोहरा – दार्चुला सभापति

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७