लोहारपट्टीकी ३४ वर्षीया महिला मृत फेला


१५ मंसिर २०७८, बुधबार

महोत्तरी, १५ मंसिर । महोत्तरीको लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया एक महिला मंगलबार राति मृत अवस्थामा फेला परेकी छन् । उनलाई टाउकोमा गहिरो चोट लागेको अवस्थामा लोहारपट्टी बजार नजिकै फेला पारिएको हो । उनी स्थानीय सुरेन्द्र मण्डलकी श्रीमती रुबि मण्डल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक रुबीको शवलाई घटनास्थल मै राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय प्रमुख दिनेश आचार्यले जानकारी दिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतको पन्जाबमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७