राप्रपाको यो ढङ्गले राजसंस्था पनि फर्किदैन, न हिन्दु राज्य आउँछ : राजेन्द्र लिङदेन

‘राप्रपाको इतिहासमा हामीले जीवन रोज्ने कि मृत्यु ? बेला आइसकेको छ’


१५ मंसिर २०७८, बुधबार
rajendra

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले यही ढंगले अघि बढिरहे राप्रपा अझै सकिने दावी गरेका छन् ।
पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहलाई बुधबार भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘यही ढंगले राप्रपा अघि बढिरहे राप्रपा सकिन्छ, हामी पनि सकिन्छौं । अब पार्टीलाई नयाँ रुपमा लैजाऊँ’, उनले भने, ‘राप्रपाको इतिहासमा हामीले जीवन रोज्ने कि मृत्यु रोज्ने ? बेला आइसकेको छ ।’

लिङ्देनले अध्यक्ष कमल थापाप्रति लक्षित गर्दै यही कार्यशैलीले कुनै पनि उपलब्धि हुन नसक्ने पनि बताए । ‘यही कार्यशैलीबाट राप्रपा अघि बढिरहे पार लाग्दैन’, उनले भने, ‘म अध्यक्ष नभए पार्टी समाप्त हुँदैन । तर २०७४ मा ल्याएको ३ प्रतिशत कसरी कटाउने । कुनै पार्टीसँग मिलेर दुई–चार सिट कटाउने मात्रै कुरा होइन ।’

उनले यही तरिकाले नेपालमा राजसंस्था र हिन्दु राज्य फर्किन नसक्ने पनि बताए । ‘यही तरिकाले नेपालमा राजसंस्था पुनःस्थपना हुँदैन । हिन्दु राज्य पनि फर्किन सक्दैन’, उनले भने, ‘मै तपाईं तीन अध्यक्षहरू काम नलाग्ने भनेकै छैन । तर एक पटक कार्यकारी भूमिका फेरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७