मन्त्रीहरुलाई थोत्रा गाडी दिएर सरकारले अपमान गर्‍यो : मन्त्री राय


३० फाल्गुन २०७४, बुधबार
Ram naresh

काठमाडौं, ३० फागुन : प्रदेश नम्बर–२ का उद्योग तथा पर्यटनमन्त्री रामनरेश रायले आफूहरुलाई थोत्रा गाडी दिएर सरकारले अपमान गरेको गुनासो गरेका छन् । उनले मन्त्री जस्तो व्यक्तिलाई सरकारले कहिले बिग्रला कि भरे बिग्रला जस्तो थोत्रा गाडी दिएर अपमान गरेको बताएका छन् ।Ram naresh

राष्ट्रपति निर्वाचनका बेला मतदान गर्न काठमाडौं आउने बेला आफू चढेको झण्डावाल गाडी बाटोमा बिग्रिएको मन्त्री रायले गुनासो गरे । उनले भने, ‘म चढेको गाडी बाटोमा बिग्रियो । मन्त्री चढेको गाडी पनि बिग्रने ?’, उनले भने, ‘मुख्यमन्त्रीको गाडी पनि बिग्रिएपछि बसमा चढेर जानु पर्‍यो ।’ बुधबार बिहान राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रदेश मन्त्री रायले भने, ‘केन्द्र सरकारले मलाई हेपेको छ । पूरानो गाडी दिएको छ । बेलाबेला बिग्रिन्छ ।

यस्तो अन्याय गर्न मिल्छ ?’ उनले आक्रोशित हुँदै भने, ‘कमसेकम मन्त्री जस्तो व्यक्तिलाई राम्रो गाडी त दिनु पर्छ नि !’ प्रधानमन्त्री केपी ओलीतर्फ संकेत गर्दै उनले केन्द्रले आफूहरूलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । राष्ट्रिय जनता पार्टी नेपालका नेता समेत रहेका रायले केन्द्र सरकारले प्रदेश–२ लाई हेपेको आरोप पनि लगाए । ‘हामीलाई केन्द्रले हेपेको छ’, उनले भने, ‘कुनै अधिकार नै दिएको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७