नेपाल–भारत तीन गन्तव्यमा सिधा उडान


१५ मंसिर २०७८, बुधबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं, १५ मंसिर । भारतको तीन गन्तव्यमा नेपाल एयरलाइन्सको जहाजले सिधा उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले तीन वटै गन्तव्यमा उडान शुरु गर्न सहमति भइसकेको जानकारी दिएका छन् ।

क्षेत्रीले हप्ताको ५६ वटासम्म उडान हुने गरी सहमति भएको बताए । ‘नेपाल एयरलाइन्सले हप्तामा २८ वटा उडान गर्न पाउँछ’, क्षेत्रीले भने, ‘भारतका विभिन्न एयरलाइन्सले २८ उडान गर्न पाउँछन् ।’

हाल काठमाडौं दिल्ली मात्रै उडान भइरहेकोमा अब मुम्बई र बैग्लोरमा उडान हुने भएको हो । कोभिडअघि यी गन्तव्यमा सिधा उडान भए पनि कोभिडको कारण नियमित उडान हुनसकेको थिएन ।

हवाइ उडान कम हुँदा दुईतर्फी भाडा ५० हजार रुपैयाँसम्म पुगेको थियो । भारतले उडान थप गर्ने विषयमा सकारात्मक भए पनि तेस्रो देशका नागरिक भने यात्रा गर्न नपाउने जनाएको छ । ‘एयर बबल कायमै रहेको छ । उडान मात्रै थप भएको हो’, क्षेत्रीले भने, ‘भारतको एयर इन्डियाले उडान गरिरहेकोमा अन्य एयरलायन्सले पनि उडान गर्न पाउँछन् ।’ नेपाल एयरलाइन्सले अबको दुई हप्तापछि तीन गन्तव्यमा नियमित उडान गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७