कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत


१५ मंसिर २०७८, बुधबार
jeevan bahadur shahi 6 R39cp01ppU 1

सुर्खेत, १५ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार विश्वासको मत पाएका छन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्तावमा २२ मत परेको र यो कर्णाली प्रदेशसभा सदस्य संख्याको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।

बुधबारको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) का सांसदहरू भने सहभागी थिएनन् । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का तीन र राप्रपाका एक सांसदले मत दिएका छन् ।
मुख्यमन्त्रीमा उनी नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने प्रावधानानुसार उनले २९औं दिनमा विश्वसको मत पाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७