दोलखामा पाँच दिनको शिशुसहित एकै परिवारका तीन जना मृत भेटिए


१५ मंसिर २०७८, बुधबार
child death

दोलखा, १५ मंसिर । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् । बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए ।

उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् । उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन । मृतकहरुको पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण खुल्नेछ । थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७