राप्रपालाई माधव नेपालको सुझाव : अब प्रतिगमनको बाटोमा नलागौं


१५ मंसिर २०७८, बुधबार
Madhav Kumar Nepal

काठमाडौं, १५ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजा फर्काउने एजेण्डा त्यागेर अघि बढ्न सुझाव दिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि शुरु एकता महाधिवेशनलाई सम्बोधनका क्रममा उनले राजसंस्था फर्काउने र हिन्दु राज्य बनाउने राप्रपाको एजेण्डाबारे यस्तो बताएका हुन् । ‘’राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइरहनुस् । तर परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम अब नगरौं । इतिहास अघि बढिसक्यो अब अघि बढौं’, उनले थपे, ‘’नेपाली जनताको चाहना र भावनालाई सम्बोधन गरेर अघि बढौं ।’

उनले नेपाल दुई धर्मको उद्गम थलो भएको पनि बताए । ‘नेपाल हिन्दु र बौद्ध धर्मको उद्गम थलो हो । यो सगरमाथाको देशका रुपमा चिनिन्छ’, उने भने, ‘हामीबीच सद्भाव छ । नेपालमा जातीय द्वन्द्व छैन । शान्ति छ, यसलाई ख्याल गरौं ।’

अध्यक्ष नेपालले पुनः राप्रपालाई प्रतिगमनको बाटोमा नलाग्न सुझाव दिए । ‘अब हामी अग्रगमनको बाटोमा अघि बढौं, प्रतिगमनमा नलगौं’, उनले भने, ‘अरु सम्भावना खोजेर अघि बढ्दा राम्रो हुन्छ । पछाडि फर्किने काम नगरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७