विप्लव नेतृत्वको नेकपा फुट्यो, नेकपा (क्रान्तिकारी) पार्टी गठन

विप्लव धोकेवाज भएको आरोप


१५ मंसिर २०७८, बुधबार
11 SRFZ8IcByO

काठमाडौं, १५ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ । सो पार्टी विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ । बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिएको हो ।

‘विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहीन काल्पनिक बाटोमा लागेकाले नेकपा (क्रान्तिकारी) गठन गर्नुपरेको हो,’ कार्यक्रममा प्रचार विभागका प्रमुख अमर गोपालीले भने ।
उनले २०७७ सालमा विप्लवले सेना र सत्ता ३ बुँदेमार्फत केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेईमानी र जालसाजीको संज्ञा दिए । वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमत संग्रहबाट आउे नसक्ने भन्दै वैज्ञानिक समाजवादको सिद्धान्त आफैले उत्पन्न गर्नपर्ने धारणा समेत राखे ।

नव गठित पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र सात जनाको स्थायी कमिटी सचिवालय गठन गरिएको छ । पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७