अभिनेत्री रेखा थापा लिङ्देन प्यानलबाट राप्रपाको महामन्त्रीमा उठ्ने


१५ मंसिर २०७८, बुधबार
Rekha

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा राजेन्द्र लिङ्देनको प्यानलबाट अभिनेत्री रेखा थापा महामन्त्री पदमा लड्ने भएकी छिन् ।

थापा महामन्त्रीमा उठ्ने करिब पक्का भएको उनी निकट स्रोतले जानकारी दियो । उम्मेदवारी घोषणा बुधबार बेलुका वा बिहीबार बिहानसम्म गर्ने तयारी थापाले गरेकी छन् । राप्रपामा १ जना महिलासहित ३ महामन्त्रीको व्यवस्था छ । लिङ्देन प्यानलबाट धवल शमशेर जबरा पनि महामन्त्रीका दाबेदार हुन् ।

‘उहाँले अध्यक्षमा दाबेदार लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ’, स्रोतले भन्यो, ‘सायद भोलि बिहानसम्म घोषणा भइसक्छ ।’ थापाले पनि त्यसको सम्भावना रहेको संकेत गरेकी छन् । ‘म अहिले छलफलमै छु’, उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७