३१६ मा कोरोना संक्रमण, २५९ जना निको, तीनको मृत्यु


१५ मंसिर २०७८, बुधबार
korona

काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५९ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा चीन जनाले ज्यान गुमाएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनामा कोरोना परीक्षण भएको थियो । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ६५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५२९ जना रहेका छन् । त्यसमध्ये हालसम्म ८ लाख ३१ हजार ६८ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५२९ जना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७