एनएमबी बैंकलाई ‘बैंक अफ दी एसिया’ अवार्ड


१५ मंसिर २०७८, बुधबार
NMB Bank1638356349

काठमाडौं, १५ मंसिर । एनएमबी बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबी बैंक पहिलो बैंक हो ।

‘द फाइनान्सियल टाइमस’ को ‘द बैंकर म्याकेजिन’ ले हरेक वर्ष प्रदा गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबी बैंकले यो अवार्ड प्राप्त गरेको हो । यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ‘अफ दी एयर अवार्ड’ प्राप्त गरेको बैंकले यसपटक ‘बैंक अफ दी एसिया’ अवार्ड प्राप्त गरेको हो ।

एनमबी बैंकका सीईओ सुनिल केसीले एसियाका ४८ मुलुकको सर्वाेत्कृष्ट बैंक बन्नु सबैको जित भएको बताए । ‘बैंक मात्र होइन नेपाल र नेपाल राष्ट्र बैंकको जित हो’, उनले भने । संयुक्त लगानीको यस बैंकमा नेदरल्यान्डको एफएओको लगानी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७