राष्ट्रपतिबाट ६ अध्यादेश जारी (सूचीसहित)


१५ मंसिर २०७८, बुधबार
bidhya 3YTrFTYR2H

काठमाडौं, १५ मंसिर। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश जारी गरेकी हुन् ।

त्यस्तै तेजाब तथा अन्य घातध रासायनिक पदार्थ ९निमयन० अध्यादेश, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश र रेल्वे अध्यादेश पनि जारी गरेकी छन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए । अहिले फेरि संसद सञ्चालनमा नभएको बेलामा अध्यादेश ल्याइएको हो ।

बलात्कारीलाई सजाय बढाउन, तेजाब आक्रमण गर्नेलाई सजाय बढाउन, तेजाब आक्रमणबाट पीडितको सहज उपचारका लागि, रेल सञ्चालन आदि कामका लागि यी अध्यादेश ल्याउनुपरेको सरकारको भनाइ छ ।

(सूचीसहित)

1 hEkgoEa5mF

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७