थापा र लिङ्देनको टिममा को–को ?


१६ मंसिर २०७८, बिहीबार
kamal rajendra 1638323419

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एक जना मात्र अध्यक्ष हुनेछन् । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ ।

महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको छन् । थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ । यसैगरी लिङ्देनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ ।

राप्रपाका तीन अध्यक्षमध्ये यसपटक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने भएका छन् । लोहनीले आफ्नो समर्थन लिङ्देनलाई हुने प्रस्ट पारेका छन् । राणा भने खुलेका छैनन् । बुधबारको बन्द सत्रमा राणाले पार्टीको एकता बचाइराख्न आफू अध्यक्षमा नउठ्ने जनाएका थिए । सर्वसम्मत नेतृत्व चयन गर्न उनले थापा र लिङ्देनलाई आग्रह गरेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७