एभर्टनमाथि लिभरपुलको फराकिलो जित


१६ मंसिर २०७८, बिहीबार
liverpool fZMuU2r6vS

काठमाडौं, १६ मंसिर । इंगलिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनमाथि ४–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ ।

लिभरपुललाई जित दिलाउने क्रममा लिभरपुलमा मोहम्मद सलाहले दुई गोल गरे । त्यस्तै जोर्डन हेन्डर्सनले र डिओगो जोटाले एक÷एक गोल गरे ।

एभर्टनको लागि रिचार्लिसनले सान्त्वना गोल फर्काए । यससँगै प्रिमियर लिगमा लिभरपुलले १४ खेलमा ३१ अंक हात पारेको छ । जितका बाबजुद लिभरपुल समूहको तेस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७