राप्रपा महाधिवेशन : बन्द सत्रमा कार्यपत्रमाथि छलफल शुरु


१६ मंसिर २०७८, बिहीबार
raprapa congress kathmandu eKamtleCBi
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबार आयोजित एकता महाधिवेशनमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा nufot । तस्बिर ः रोशन सापकोटा , रासस

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपति शम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ ।

छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन्। यसलगत्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने नेता भुवन पाठकले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिको सुझावका आधारमा आज साँझसम्म संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ । सोहीअनुसार उम्मेदवारको मनोनय दर्ता, नामावली प्रकाशन तथा निर्वाचन गरिने छ । नेता सुन्दर पाण्डेका अनुसार देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् ।

महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारी सहित १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनेछ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्नेछ । यही मंसिर १५ देखि भृकुटीमण्डपमा शुरु भएको महाधिवेशन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७