गीतबाट ‘बुबा’ सम्झँदै सागर


३० फाल्गुन २०७४, बुधबार
ssg

काठमाडौं, ३० फागुन : गीत–संगीतमा मानिसको जीवनको पाटोलाई समेटिएको हुन्छ । त्यो, यथार्थ होस् वा काल्पनिक । यथार्थ घटना र विम्बलाई गीत–संगीतको आकार दिन सिपालु रचनाकार, गायक तथा संगीतकार सागर राईले अहिले यस्तै यथार्थयपरक गीत स्रोतामाझ ल्याएका छन् ।

ssg
फाइल तस्बिर

गायक राईले आफ्नो नयाँ गीत ‘यादहरु’ मा साँच्ची नै आफ्नो बुबालाई सम्झिएका छन् । गीतको माध्यमबाट आफूले आफ्नो बुबाप्रति सम्मान व्यक्त गर्न चाहेको गायक राई बताउँछन् । राजनीति र समाजसेवामा भएर पनि गीत संगीतका लागि समय पु¥याई रहेका वहुप्रतिभाका धनी सागर राई आफूलाई गीत हिट होस् भन्ने चाहना नभएको बताउँदै भन्छन्–‘म यथार्थपरक र जीवनसँग नजिक रहेका गीतहरु कोर्न र गाउन मन पराउँछु । यसैमा आनन्द पनि मिल्छ ।’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका राई गीत संगीत शब्द र संगीतको मिश्रण मात्र नभई जीवनको एक पाटो बन्नु पर्ने बताउँछन् । उनी भन्छन्, ‘कोठामा बसेर कोरा कल्पना गरी लेखिएका गीत मलाई उति रुच्दैन, गीतले त समाज, प्रकृति र जीवनको सुख–दुःख बोल्न सक्नु पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७