ढुङ्गाले किचेर अरुण तेस्रोमा मजदुरको ज्यान गयो


१६ मंसिर २०७८, बिहीबार
arun tesro

संखुवासभा, १६ मंसिर । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको ढुङ्गा किचेर ज्यान गएको छ ।

चिचिला गाउँपालिका–३ सोलाखानीमा रहेको सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा भारत मध्यप्रदेश घर भएका मुगेरीलाल सिंहको ज्यान गएको हो । गए राति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा घाइते भएका सिंहलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । जिल्ला अस्पताल खाँदबारीमा उपचारका क्रममा उनको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७