शेयर बजार फेरि राताम्य, ४९ अंकको गिरावट


१६ मंसिर २०७८, बिहीबार
share market

काठमाडौं, १६ मंसिर । हिजो (बुधबार) सामान्य अंकले हरियो भएको शेयर बजार आज (बिहीबार) फेरि राताम्य भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ४९.०४ अंकले घटेर २५८४.६१ अंकमा खुम्चिएको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ९.४६ अंकले ओरालो लागेको छ । आजको कारोबारमा २३१ कम्पनी सामेल भएकामा ७९ लाख ३२ हजार कित्ता शेयर बिक्री भएको छ ।

दिनभरिमा ४७ हजार ८ सय ६४ पटकको खरिद बिक्रीमा ३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । १३ मध्ये सबै उपसूचक राताम्य हुँदा बीमाका सूचकहरु धेरै अंकले झरेका छन् । आज सामलिङ पावर कम्पनी, ङादि हाइड्रोपावर लिमिटेड र महिला लघुवित्तका शेयर धनीले राम्रै कमाए पनि अन्य लगानीकर्ता निराश भएका छन् । गुमाउने लगानीकर्ताले आज ६.८० प्रतिशतसम्म घाटा व्यहोरेका नेप्सेले जनाएको छ ।

आजको अधिकतम कारोबार १२ करोडसम्म मात्रै रहेको छ । मौद्रिक नीति सार्वजनिक भएयता लगातारजसो सेयरबजार उकालो लाग्न सकेको छैन । कारोबार रकम समेत मौद्रिक नीति समीक्षा भइसक्दा ३-४ अर्बबाट नाघ्न नसकेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मौद्रिक नीतिले सेयर धितो राखेर लिइने मार्जिन प्रकृतिको कर्जामा सीमा बाँधिदिएको थियो । त्यसको केही दिन लगानीकर्ताले आन्दोलन नै गरे पनि नेपाल राष्ट्र बैंकले यथावत् नै राखेको छ । त्यसअघि दिनदिनै कीर्तिमानी कारोबार गरेको सेयरबजारमा नेप्से ३१ सय विन्दुसम्म पुगेको थियो । अहिले घटेर २५ सय हाराहारीमै घुमिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७