फुटबल करियरमा रोनाल्डोको ८०० सय गोल पूरा


१७ मंसिर २०७८, शुक्रबार
Ronaldo tA1ekqH268

काठमाडौं, १७ मंसिर । क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल करियरमा ८०० गोल पूरा गरेका छन् । बिहीबार राति भएको प्रिमियर लिगअन्तर्गत आर्सनलविरुद्धको खेलमा गोल गर्दै ८०० गोल पूरा गरेका हुन् ।

आर्सनलविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडले ३–२ को कठिन जित हात पारेको हो । खेलको १३ औं मिनेटमा १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले जित हात पारेको हो । रोनाल्डोले खेलको ५० औं मिनेटमा गोल गर्दै आफ्नो फुटबल करियरमा आफ्नो ८०० गोल पूरा गरेका थिए । उनले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।

यससँगै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले १४ खेलबाट २१ अंक जोडेको छ । यसअघि लिगमा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै क्लबले मुख्य प्रशिक्षक ओले गुनार सोस्कजारलाई बर्खास्त गरेको थियो । रोनाल्डोले म्यानचेस्टर युनाइटेडको लागि १३० गोल गरेका छन् भने रियल मड्रिडका लागि ४५० र युभेन्टसका लागि १०१ गोल गरेका छन् । त्यस्तै स्पोर्टिङ लिसबोनका लागि पाँच गोल र पोर्चुगलको लागि ११५ गोल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७