बेहुली लिन हेलिकोप्टर चार्टर्ड, बेहुला भन्छन्, ‘हिन्दी फिल्ममा देखेपछि मन लाग्यो’


१७ मंसिर २०७८, शुक्रबार
Kailash Air Helicopter e1576918681407

बारा, १७ मंसिर । बाराको सिम्रौनगढ नगरपालिका निवासी जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेका छन् । जोगी खाद्यान्न व्यापारी हुन् ।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका हुन् । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह भएको छ । साह हेलिकप्टर चढेर बेहुलीको घर पुगेका थिए । हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार तिरेका छन् । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छा देखाएपछि आफूले महंगो भाडा तिरेर भए पनि हेलिकम्पट चार्टर्ड गरेको जोगीले बताए ।

‘विवाह भन्ने कुरा जीवनमा एक पटक मात्र गर्ने हो’, जोगीले भने, ‘बेहुलाले नै त्यस्तो इच्छा देखाएपछि पूरा गर्नैप¥यो ।’ उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकोमा आफूलाई खुशी लागेको उनले सुनाए ।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए । ‘हेलिकोप्टर चढ्ने इच्छा थियो, बिर्जुले भने, ‘बुवाले मेरो इच्छा पूरा गरिदिनु भयो ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७