राप्रपा महाधिवेशन : अध्यक्षहरुबाट २३५ प्रतिनिधि मनोनित (नामावलीसहित)


१७ मंसिर २०७८, शुक्रबार
raprapa 20211202005816

काठमाडौं, १७ मंसिर । एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा बुधबारदेखि महाधिवेशन जारी छ । त्यसअन्तर्गत आज (शुक्रबार) उम्मेदवारी दर्ता गरिँदै छ ।

चुनाव भने भालि शनिबार गर्ने राप्रपाको तयारी छ । यसैबीच राप्रपाका अध्यक्षत्रयले २३५ जना महाधिवेशन प्रतिनिधि मनोनयन गरेका छन् ।
राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्थाअनुरूप अध्यक्षहरू कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले महाधिवेशन प्रतिनिधि मनोनयन गरेका हुन् ।

जसको सूची राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा टाँसेको छ । यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची सार्वजनिक गरिसकेको छ । त्यसमा अब यी २३५ जना थपिने छन् ।
हेर्नुस् मनोनितको नामावली

1
2
3
4
5
6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७