उमेर नपुगी विवाह गर्नु ठिक कि बेठिक ? दार्चुलामा मतदान, आयो यस्तो नतिजा


१७ मंसिर २०७८, शुक्रबार
bihe
सांकेतिक तस्वीर

दार्चुला, १७ मंसिर । दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भएको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएपछि त्यसको न्युनीकरणका लागि मतदान भएको हो । मतदानमा विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

मालिकार्जुन गाउँपालिकालाई आगामी २०८० सालसम्ममा बालविवाह मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् ।

मालिकार्जुन गाउँपालिका–२, ३ र ७ मा मतदान कार्यक्रम गरिएको हो। सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपालका सामाजिक सहजकर्ता वसन्ती धामीले बताइन् । गुड नेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय र सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजनामा बालविवाह न्यूनीकरणका लागि मतदान भएको हो ।

मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जना सहभागी भएका छन् । जसअनुसार बालविवाह गर्नु ठिक हो भन्ने पक्षमा २९ र विपक्षमा २२५ मत खसेको छ । एक मत बदर भएको सहजकर्ता धामीले बताइन् ।

बुधबार पनि मात्र मालिकार्जुन गाउँपालिका–२ र वडा नं ७ मा बालविवाह गर्नु ठिक कि बेठिक भनेर मतदान भएको थियो । मालिकार्जुन गाउँपालिकाले विसं २०७६ मा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति तयार गरे लागू गरेको छ । सोहीअनुसार गाउँपालिकामा अहिले गुड नेवर्सको सहयोगमा बालविवाह अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

एक अध्ययनअनुसार मालिकार्जुन गाउँपालिकामा १४ देखि १५ वर्षको उमेर समूहमा बालविवाह गर्ने सात दशमलव १४ प्रतिशत छन् । त्यसैगरी १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत, १८ देखि १९ वर्ष उमेरमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत छ ।

बालविवाहमा परेकामध्ये ५८ दशमलव ७८ प्रतिशत मागी विवाह, १५ दशमलव नौ प्रतिशत भागी विवाह र २५ दशमलव चार प्रतिशत प्रेम विवाह भएको तथ्याङ्क छ । बालविवाहका कारण विद्यार्थीको बीचैमा पढाइ छुट्ने गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७