कांग्रेस अधिवेशन : प्रदेश–१ मा सिटौलालाई देउवाको साथ, गुरुराजलाई अन्तरघातको त्रास


१७ मंसिर २०७८, शुक्रबार
congress province1 20211203025919

मोरङ, १७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश–१ को अधिवेशन आज (शुक्रबार) हुँदैछ । पहिलो पटक हुन लागेको अधिवेशन बिहीबार उद्घाटन गर्ने कार्यसूची थियो । तर सभापतिका उम्मेदवार छनोट हुन नसकेपछि अधिवेशनको उद्घाटन सत्र स्थगित गरियो । अधिवेशन शुरु गरेर उम्मेदवारको मनोनयन दर्ता पनि शुक्रबार नै गर्ने तयारी छ ।

निर्वाचन प्रक्रियामार्फत कांग्रेसको प्रदेश नेतृत्व चयनको तयारी अनुरुप शनिबार मतदान हुनेछ । अधिवेशन उद्घाटनपछि उम्मेदवारको मनोनयन दर्ता हुने र शनिबार मतदान गर्ने कार्यतालिका रहेको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । कांग्रेस प्रदेश–१ मा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापनइतरबाट गुरुराज घिमिरे सभापतिका उम्मेदवार छन् । संस्थापन समूहले थापालाई उम्मेदवार बनाउने तयारी यसअघि नै गरेको भए पनि इतरबाट घिमिरेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय बिहीबार भएको हो । त्यही भएकाले पार्टीको प्रदेश अधिवेशनको उद्घाटन सत्र एक दिन पछि सारिएको हो ।

इतरबाट कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला पनि सभापतिका आकांक्षी थिए । तर उनलाई ‘ब्याक’ गर्दै घिमिरेलाई उम्मेदवार बनाउने तय भएको छ । कोइरालालाई ‘ब्याक’ गर्न र घिमिरेलाई सभापतिको उम्मेदवारका रूपमा अघि सार्नका लागि कांग्रेस नेता डा. शेखर कोइरालाले ठूलो मिहिनेत गरेको स्रोतले बतायो ।

‘प्रदेशको सभापतिमा संस्थापन इतरपक्षबाट मेरो उम्मेदवारी हुन्छ,’ घिमिरेले भने, ‘राजीव कोइराला केन्द्रमा जानुहुन्छ ।’ शेखर निकट पार्टीका जिल्ला नेताहरुले राजीव कोइरालालाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए । तर केन्द्रीय नेताहरु घिमिरेको पक्षमा उभिए । एक नेताका अनुसार घिमिरेका लागि ठाउँ छाडिदिएका राजीव कोइरालालाई प्रदेश–१ को मुख्यमन्त्री र पार्टीको केन्द्रीय सदस्य बनाउने आन्तरिक सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७